१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको ३ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
- कांग्रेस बैठक
नेपाली कांग्रेसले अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन गर्ने पार्टीको कुनै सोच नरहेको स्पष्ट पारेको छ । संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धन गर्ने कुरा वा सरकार परिवर्तनको योजना नरहेको बताएका हुन् ।
- ओलीको कटाक्ष
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनसायले पार्टी भित्रकै नेताहरू सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका छन् । शनिबार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरू पार्टीलाई विभाजित गर्न लागेको आरोप लगाएका हुन् ।
- फ्रान्ज काफ्का
सन् १९०४ मा फ्रान्ज काफ्का २० वर्षका मात्रै थिए । त्यसवेला उनले आफ्नो साथी ओस्कार पोल्लाकलाई लेखेका थिए, ‘एउटा पुस्तक हामीभित्र बरफजस्तै जमेर बसेको समुद्रमा चिरा पार्न सक्ने बन्चरोजस्तै धारिलो हुनुपर्छ ।’
- मदन–आश्रित दिवस
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा एमाले नेताहरूले उनीहरूको प्रतिमामा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा कार्यक्रम आयोजना गरिएको हो ।
- प्रथम नेपाली महिला
‘प्रथम नेपाली महिला’ शृङ्खलाको २१ औँ एपिसोड सहाना प्रधानका सम्बन्धमा छ । राजनीतिक दलको प्रथम नेपाली महिला संस्थापक अध्यक्ष हुने श्रेय उनलाई प्राप्त छ ।
- फ्लिकको कमाल
‘क्लास अफ '९२’ ले त्यही सिजन प्रिमियर लिग र एफए कप दुबै जित्यो, र त्यसपछि आफूलाई विश्वकै उत्कृष्ट टोलीमध्ये एकको रूपमा स्थापित गर्यो — र अहिले धेरैले बार्सिलोनाका ‘युवा मस्केटियर’ हरू पनि यस्तै प्रभाव पार्न सक्ने विश्वास गर्न थालेका छन् ।
- संस्कार विमर्श
नेपाली समाजको सांस्कृतिक छवि बदलिँदै छ । बदलिँदो सांस्कृतिक छविलाई यसको तडकभडकपूर्ण जीवनशैलीमा नियाल्न सकिन्छ । तडकभडकपूर्ण जीवनशैलीको ग्राफ आकासिँदो छ । आधा दशकअघि यो जस्तो थियो आज छैन, आज जस्तो छ भोलि रहनेछैन ।
- हिलो प्रस्रव
बिहे भएको वर्ष दिन पुग्दानपुग्दै साइँलीदिदीको देहावसान भयो । दिदी बितेको नौ महिनामै दिदीका पतिसँग बुवाले लक्ष्मीको बिहे गरिदिए । यसपछि भने उनले आफ्ना भावनालाई दबाउनुपर्ने परिस्थिति निम्तियो ।
- टुँडिखेलमा साकेला नाच
काठमाडौँको टुँडिखेलमा किराँत राईहरूले प्रमुख चाडका रूपमा मान्ने उभौली (वैशाख पूर्णिमा) साकेला मनाइएको छ । यही हप्ता बुद्ध पूर्णिमाको दिन परेको उभौलीको साकेला नाच आज नाचिएको हो । किराँतहरूको देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव) को उत्पत्तिसँगै यो चाड मानिँदै आएको छ।
- शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता