चट्याङ पर्दा दैलेखमा चार जना घाइते
मङ्गलबार, ०२ जेठ २०८०, १० : ०१

सुर्खेत । दैलेखमा चट्याङ लागेर चार जना घाइते भएका छन् । डुङगेश्वर गाउँपालिका– २ लाकुरी खाम्ने स्थित प्रवीण विकको घरमा चट्याङ परेको थियो । चट्याङमा परी सोही घरका चार जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।
घाइते हुनेमा २१ वर्षीय पारस विक, १६ वर्षीय हेमा विक, १७ वर्षीय पूर्णा विक र २० वर्षीय पुष्पा विक रहेको छन् । उनीहरू सबै एउटै परिवारका हुन् । घाइतेहरूको उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ । सोमबार राति कर्णालीमा हावाहुरी र वर्षासमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु