बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् बैठक बस्ने

मङ्गलबार, ०२ जेठ २०८०, १४ : ०५
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ । 

सो अघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक डाकेका छन् । सरकारका नीति तथा कार्यक्रमका बारेमा राय लिनका लागि गठबन्धनका बैठक बोलाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप