स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक
काठमाडौँ । अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा वाच म्याजिक’ बजारमा सार्वजनिक गरेको छ । अल्टिमा लाइफस्टाइल एक किफायती र सस्तो मूल्यमा प्रभावशाली ध्वनी र उत्कृष्ट प्रदर्शन दिने उत्पादनहरुको लागि संगीत उत्साही र व्यायाम उत्साही माझ परिचित रहेको छ । यो स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृस्ट विशेषताहरुको उत्तम संयोजन रहेको छ । जसका कारण टेक–प्रेमी व्यक्तिहरूको लागि यो आवश्यक छनोट हुने कम्पनीको विश्वास छ । अल्टिमा वाच ३५९९ रुपैयाँमा उपलब्ध रहेको जानकारी गराइएको छ ।
अल्टिमा वाच म्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसैगरी यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लीप, र बल्ड अक्सिजन ट्र्याकिंग प्रविधि पनि रहेको छ ।
अल्टिमा वाच म्याजिक आधिकारिक रूपमा जेठ ४ देखि बजारमा उपलब्ध हुने जनाइएको छ । वाच म्याजिकको पहिले नै बजार मूल्य रु. ३,५९९ तय भएपनि दराजका पहिलो १०० ग्राहकहरू र हुकुटका पहिलो ५० ग्राहकहरूका लागि विशेष परिचयात्मक मूल्य रु. २,९९९ निर्धारण गरिएको छ ।
अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण