शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था हुनुपर्छ : सांसद बडू

मङ्गलबार, ०२ जेठ २०८०, १५ : १२
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन् । 

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाल प्रहरीको भर्तीका लागि अन्तरवार्ता काठमाडौँमा गर्नेगरी बोलाइएको भन्दै आपत्ति जनाए । अहिले केही दिनपछि हुने प्रहरी जवानको अन्तर्वार्ताका लागि काठमाडौँ बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने उनले बताए । दुर्गम जिल्लाबाट आउने नागरिकलाई ऋणको भारी बोकाउनु नहुने बताए । 

सांसद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै हुनुपर्ने पद्धतिको विकास गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप