श्रीमान–श्रीमती नै सुन तस्कर, कतारबाट बिदामा आउने नेपाली तस्करका भरिया
काठमाडौँ । त्रिभुवन विमानस्थको गोल्डेनगेट अगाडीपट्टी सुनिता खड्की नाम गरेकी एक व्यक्ति कतारबाट आएको सुनका गहना रिसीभ गर्न पुगेकी थिइन् ।
करिब १४ तोला सुनको लागी तिर्न पुग्ने पैसा र भरियालाई दिने कमिशन रकम उनले बोकेरै गएकी थिइन् । बिहीबार मध्यान्ह दुई बजेको थियो, कतारबाट एक पुरुष व्यक्तिले पठाएको सुन लिएर दिलीप शाही विमानस्थल बाहिर आइपुगे । गोल्डेनगेट बाहिर उनले सुनितालाई भेटेका मात्र के थिए, प्रहरी पुगिहाल्यो ।
कतारबाट सुनिताको श्रीमानले एउटा बाला बराबर ६ हजार कमिशन दिनेगरी पठाएको सुनसहित महानगरीय प्रहरी वृत गौशालाले काठमाडौँ मरुटोल बस्ने दिलीप शाही, पर्सा स्थायी घर भएर बुङ्मती बस्दै आएकी सुनिता खड्गी, भारतीय नागरीक मोहम्मद साहिव अन्सारीलाई पक्राउ गरेको छ ।
उनीहरुको साथमा कतारबाट सुनिताको श्रीमानले पठाएको करिब १४ तोला तौला भएको तीनओटा सुनका बाला फेला परेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अवैध १५८.२७ ग्राम सुन सुनिताको श्रीमानले कतारबाट पठाएको खुल्न आउको छ, सुन कारोबारमा संलग्नहरुलाई आवश्यक कारवाहीको लागी राजस्वमा बुझाएका छौँ ।’
प्रहरी अनुसन्धानका क्रममा श्रीमानले विदेशबाट पठाउने अनि सुनिताले काठमाडौंमा १३ पटकसम्म सुन रिसीभ गरेर बेचविखन गरेको खुलेको छ । सुनिताका पतिले कतारबाट नेपालमा बिदामा आउने नेपालीहरुलाई ५० ग्रामको दरले बाला बनाएर पठाउने गरेका थिए । मात्र ५० ग्राम सुनका गहना बिदेशवाट बिल सहित ल्याउन कानुनले छेकेको छैन । सोही कानुनमा टेकेर उनले धेरै नेपाली कामदारलाई सुन बोकउँथे अनि एउटा बाला बराबर बिदामा आउने भरियालाई ६ हजार कमिशन दिन्थे ।
‘सुनको बाला बराबरको पैसा भरियासँग सुनिताको श्रीमानले उतै डिपोजिट गराएको देखिन्छ’ डिएसपी अनुपम श्रेष्ठ भन्छन्, ‘यता सुनिताले सुन रिसिभ गरेपछि उता डिपोजीट गरेको पैसामा ६ हजार थपेर दिने गरेको खुलेको छ ।’
बिहीबार विमानस्थल अगाडी बरामद गरिएको सुनको नेपाली मूल्य ७ लाख ८२ हजार रहेको बताईएको छ । यसरी कतारबाट तस्करी गरेर ल्याइएको सुन बापत सुनिता दम्पत्तिले प्रतितोला ७ हजार नाफा खाएर नेपाली बजारमा बेच्दै आएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण