नक्कली भुटानी शरणार्थी प्रकरणबारे महामन्त्री थापाले भने–पक्राउ परेका नेताले पार्टीकाे जिम्मेवारीबाट आफैं अलग हुनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताले पार्टीको जिम्मेवारीबाट आफै अलग हुनुपर्ने बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताहरुले आफै राजीनामा नदिए पार्टीले निलम्बन गर्नुपर्ने धारणा राखेका छन् ।
भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा पाए पार्टीले त्यसको भारी बोक्न नसक्ने उनले बताए । 'यति गम्भीर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ,' महामन्त्री थापाले भने, 'पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु । पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि,आज पनि र भोलि पनि मेरो धारणा यही नै रहनेछ ।'
महामन्त्री थापाले घातक प्रवृत्तिलाई पार्टीले बोक्न नसक्ने र बोक्न पनि नहुने बताए ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण संगठित अपराध, मानव बेचबिखन र देशद्रोही भएको उनले ठहर गरेका छन् । अनुसन्धान पक्रियामा अवरोध, ढिलासुस्ती, दबाब वा प्रभाव पार्न नहुने उनले उल्लेख गरेका छन् ।
दोषी भए जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउन नहुने भन्दै महामन्त्री थापाले अनुसन्धान स्वतन्त्र र स्वाभाविक रूपमा अन्तिम विन्दुसम्म हुनुपर्ने बताए ।
विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा अनुसन्धानको दायरामा आएपछि सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुनुपर्ने र नभए सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धान गर्न दिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता