‘वरिष्ठ बलराम’ बाट अभिनयमा डेब्यु गर्दै दिलीपकी छोरी दिव्या
काठमाडौँ । बलिउडमा मात्र होइन, नेपाली फिल्म उद्योगमा पनि थुप्रै सेलिब्रेटीका सन्तान (स्टार किड्स) अभिनयमा भित्रिएका छन् । यस्तैमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी पनि फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । रोहित अधिकारीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘वरिष्ठ बलराम’ बाट उनी अभिनयमा भित्रिन लागेकी हुन् । फिल्म सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । निर्माणमा रोहितलाई ओएसआरले सहकार्य गर्दैछ ।
दिव्या लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आएकी छन् । फिल्मका लागि उनी अर्को महिना नेपाल आउँदै छिन् । दसैँपछि छायाङ्कनमा निस्किने फिल्ममा दिव्याले अभिनेता खगेन्द्र लामिछानेसँग जोडी बाँध्नेछिन् । फिल्मको पटकथा खगेन्द्र स्वयंले तयार पारेका हुन् । दिव्या र खगेन्द्रको जोडी पर्दामा हेर्न दर्शक प्रतिक्षामा छन् ।
यो फिल्मका लागि दिव्याले १० लाख पारिश्रमिक पाउदैछिन् । दिव्या अमेरिकामै राम्रो तलब– सुविधामा काम गर्दै आएको यति पारिश्रमिक दिएका निर्माता अधिकारीले बताए । लामो समयदेखि दिव्याको सुन्दरतालाई लिएर मिडियामा चर्चा हुने गरेको छ । यस अगाडि धेरै फिल्मबाट अफर भए पनि उनले अध्ययनका कारण अफर नकार्दै आइरहेकी थिइन् । ‘वरिष्ठ बलराम’ को टिम र आफ्नो चरित्र मन परेपछि उनले अभिनय गर्न तयार भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण