रामप्रसादको गीतमा रोजगारका लागि विदेश पलायन हुनेको पीडा
काठमाडौँ । स्वदेशमा रोजगार नपाएर विदेश पलायन हुन बाध्य भएको कथालाई टिपेर निर्माण गरिएको ‘बाध्य भयौ नी’ गीत सार्वजनिक गरिएको छ । गायक रामप्रसाद पौडेलले स्वर रहेको गीतमा शब्द र संगीत पनि उनकै छ । गीत गायनमा भने रामप्रसादलाई रेजिना परियारले साथ दिएकी छिन् ।
स्वदेशमा रोजगारी नपाएको, देश बनाउने नेताहरु जिम्मेवार नभएको र साहुँको ऋण तिर्न नसकेको पिडा गीतको भिडियोमा उतारिएको छ । ‘नेपालीहरु रहरले भन्दा पनि बाध्यताले विदेश गइरहेका छन् । गीतको कथा अधिकांश नेपालीको जन जीवनमा मिल्छ’, रामप्रसाद भन्छन्– ‘यो गीतको विदेशमा गएका नेपालीलाई नेपाल फर्काउने र देशकै केहि गर्नुपर्छ भनेर सम्झाउने उद्देश्य पनि हो ।’
गीतको भिडियोमा रामप्रसादसँगै राधिका पौडेल, प्रदीप एडि, स्पन्दन पन्त लगायतको अभिनय छ । गायक रामप्रसादकै निर्देशनमा तयार भएको गीतको भिडियोलाई मनिष पन्तले खिचेका हुन् भने पदम सुवेदीले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण