बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय

बुधबार, ०३ जेठ २०८०, १७ : ५८
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संचालक समितिको जेठ २ गते बसेको बैठकले जेठ ३ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष अवधिको लागि उपाध्यायलाई नियुक्त गरेको हो । 

उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुर्दै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन् ।

 व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाई लिने अपेक्षा कम्पनीको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप