भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकायहरू जिम्मेवार हुनुपर्छ : महालेखापरीक्षक शर्मा
काठमाडौँ । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरू जिम्मेवार हुनुपर्ने बताएका छन् ।
बुधवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा नागरिकको भूमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरू बराबरी जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरू पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने उनले बताए । त्यसका साथै नागरिक पनि जिम्मेवार हुनुपर्ने उनको भनाई छ । उनले राज्यका निकायहरुकाबीच एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गर्नाले अनियमितता र भ्रष्टाचार भएको बताए ।
महालेखापरीक्षक शर्माले भ्रष्टाचार हुन नदिन नागरिकले राज्यको निकायहरुमा निगरानी र खबरदारी गर्नुपर्ने बताए । नागरिकहरु आफैँपनि भ्रष्ट गतिविधि र अभ्यासहरूमा संलग्न हुनु नहुने उनको भनाई छ ।
अहिले गाउँगाउँसम्म भ्रष्टाचार बिस्तार भएको उल्लेख गर्दै उनले नागरिकहरूले स्थानीय तहले गरेका काम, कारबाहीहरुमा निगरानी र चासो राख्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण