अनशनरत सांसद गौतमको अवस्था नाजुक बन्दै, माग पुरा नभएसम्म स्लाइन पानी नचढाउने अडान
काठमाडौँ । कांग्रेस सांसद सञ्जयकुमार गौतम ६ दिनदेखि आमरण अनशनमा छन् । बर्दियाको जब्दीघाटको पुलमुनी १५ बुँदे माग राखेर वैशाख ३० गतेदेखि सांसद गौतमको अनशन जारी छ ।
बुधबारबाट गौतमको स्वास्थ्य अवस्थामा असर देखिन थालेको चिकित्सकले बताएका छन् । बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले गौतमको शरीरमा पानीको मात्रा घट्न थालेको बताए ।
स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी नारायण रिसाल, प्रहरी उपरीक्षक सुदीप शाहीलगायत चिकित्सकको टोली अनशनस्थल पुगेका थिए । तर सांसद गौतमले माग पूरा नभएसम्म स्लाइन पानी नचढाउने अडानमा राखे ।
सांसद गौतमको शारीरिक अवस्था जटिल हुँदै गएपनि सरकारले बेवास्ता गरेको कांग्रेस प्रदेश सांसद भुवनेश्वर चौधरीको आरोप छ । यस्तै सांसद गौतमले सरकार र पार्टीका नेताहरुले आफ्नो माग सम्बोधनमा चासो नदेखाएको रातोपाटीलाई बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सांसद गौतमलाई अनशन स्थगित गर्न अपिल गरिएको बताए ।
उनले रातोपाटीसँग भने, ‘नयाँ पुलको हामीले १० दिनभित्र टेन्डर गर्छौ भनेका छौं । हाम्रोतर्फबाट सबै कुरा अगाडि बढाइसकेका छौं ।’
सांसद गौतमसँग भने अनशन स्थगित गर्न व्यक्तिगत रुपमा कुनै कुराकानी भएको मन्त्री ज्वालाले बताए । ‘हाम्रोतर्फबाट काम अगाडि बढिसकेको छ । अब उहाँलाई अनशन स्थगित गर्न अपिल गरेका छौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण