बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

विराटनगरमा भ्रष्टाचारविरुद्ध दशौं दिन पनि प्रदर्शन

शनिबार, ०६ जेठ २०८०, १८ : ५८
शनिबार, ०६ जेठ २०८०

विराटनगर । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भूमिका खेल्ने जोकोही दोषिलाई कारबाहीको माग गर्दै विराटनगरमा दश दिनदेखि प्रदर्शन जारी छ ।  भ्रष्टाचारविरुद्ध वृहत नागरिक आन्दोलनको नाममा सुरु भएको यो प्रदर्शन ट्राफिक चोकमा दैनिक बेलुका ५ बजेदेखि ६ बजेसम्म हुने गरेको छ । प्रदर्शनमा युवा, विद्यार्थी, व्यवसायी, पेशागत संघ संगठन, नागरिक अगुवाहरुको सहभागी बन्ने गरेका छन् । 

उनीहरुले देशका अन्य सबैखाले भ्रष्टाचारको छानविन गर्नुपर्ने पनि माग गर्दै आएका छन् । विगत दश दिनदेखि दैनिक बेलुका ५ बजेदेखि ६ बजेसम्म भ्रष्टाचारका विरुद्धमा प्लेकार्ड प्रदर्शन, हस्ताक्षर अभियान साथै विभिन्न अभियन्ताले मन्तव्य दिने गरेका छन् ।

शनिवारको कोणसभा तथा प्रदर्शनमा राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले भ्रष्टाचारविरुद्ध मन्तव्य राखेका थिए । सो क्रममा उनले भ्रष्टाचारको जात, लिङ्ग र धर्म नहुने भन्दै राजनीतिक नेताको उक्साहटमा यस्तो कार्य हुने गरेको बताए ।

af

तत्कालका लागि नक्कली भुटानी शरणार्थी काण्डको छानविन सुरु भइरहेको भएपनि आगामी दिनमा देशमा भएका ठूलाठूला अन्य भ्रष्टाचारका काण्डहरुमो छानविन हुने उनले बताए । नक्कली शरणार्थी काण्ड राज्यविरुद्धको अपराध, मानवताविरुद्धको अपराध भएको भन्दै उनले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए । 

यस्तै युवा अभियन्ता बसन्त अधिकारीले पनि भ्रष्टाचारको विषयमा सबैको सरोकार हुनुपर्नेमा जोड दिए । युवाहरुले यस विषयमा अझै चासो राख्नुपर्ने उनको भनाइ थियो । अभियानका संयोजन निवर्तमान प्रदेशसभाका सांसदसमेत रहेका कांग्रेस नेता सूयर्माराज राईले आइतबारको प्रदर्शनमा नागरिक अगुवा कृष्ण पहाडीले मन्तव्य दिने कार्यक्रम रहेको जानकारी गराए । अभियान अनिश्चितकालसम्म जारी रहने उनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप