भुटानी शरणार्थी प्रकरणमा दोषी उम्किँदैनन् : महरा
आइतबार, ०७ जेठ २०८०, १७ : ३३
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्किने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले दोषी नउम्किने निर्दोष कोही नफस्ने दाबी गरे ।
भुटानी शरणार्थी प्रकरणमा विभिन्न आशङ्का उब्जिए पनि अन्तः विश्वासमा परिणत हुने महराले बताए । ‘भुटानी शरणार्थीका विषयमा आशङ्का गरिएको छ । यो आशङ्का मेटाउन जरुरी छ’ महराले भने, ‘हामीले पार्टी पदाधिकारी बैठकमा यो आशङ्का उठायौँ । प्रधानमन्त्रीज्यूले त्यस विषयमा स्पष्ट पारिसक्नु भएको छ ।’ सरकारले कुनै आशङ्का नहुने गरी भुटानी शरणार्थी प्रकरणमा कारबाही गरिने महराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण