सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भुटानी शरणार्थी प्रकरणमा दोषी उम्किँदैनन् : महरा

आइतबार, ०७ जेठ २०८०, १७ : ३३
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्किने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले दोषी नउम्किने निर्दोष कोही नफस्ने दाबी गरे ।

भुटानी शरणार्थी प्रकरणमा विभिन्न आशङ्का उब्जिए पनि अन्तः विश्वासमा परिणत हुने महराले बताए । ‘भुटानी शरणार्थीका विषयमा आशङ्का गरिएको छ । यो आशङ्का मेटाउन जरुरी छ’ महराले भने, ‘हामीले पार्टी पदाधिकारी बैठकमा यो आशङ्का उठायौँ । प्रधानमन्त्रीज्यूले त्यस विषयमा स्पष्ट पारिसक्नु भएको छ ।’ सरकारले कुनै आशङ्का नहुने गरी भुटानी शरणार्थी प्रकरणमा कारबाही गरिने महराले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप