देशको समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले नेपालको निकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताएका छन् । तामाकोसी पाँचौ आयोजनाको लगानी सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले निजी र सरकारी साझेदारीमा अघि बढ्नु पर्ने बताएका हुन् ।
'मलाइ आसा छ, यो आयोजना निर्धारित समयमा सम्पन्न हुन्छ,' मन्त्री बस्नेतले भने, 'नेपालको विकास र समृद्धिको मुख्य विषय जलविद्युत हो ।' मन्त्री बस्नेतले जलविद्युतको विकासतर्फ झनै अघि बढ्नु पर्ने बताउँदै भने, 'लगानी र उपयोगका क्षेत्र विकास भएको छ । यस्तै बिजुली खपत समेत बिस्तार भइरहेको छ ।'
मन्त्री बस्नेतले सबै नेपालीको पहुँचमा ऊर्जा पुर्याउने अभियान सुरु भइसकेको बताए । ऊर्जा सबैका लागि, समृद्धि र स्वच्छ वातावरणका लागि भएको समेत उनको भनाई छ । बिजुलीको गुणस्तर बढाउनका लागि वितरण प्रणालीको सुधार गर्नुपर्ने र यससँगै खपत समेत बढ्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक रिपब्लिकमाथि दक्षिण कोरिया हाबी, यस्तो छ खेलको तथ्याङ्क
-
रेड कार्डको वर्षासँगै विश्वकप २०२६ को सुरुवात : के हामी पुराना दिनतर्फ फर्किँदैछौँ ?
-
दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान
-
मृत्युको मुखबाट फर्किएर विश्वकपका नायक बनेका जिमेनेज
-
‘दुःखका कुरै नगरौं, बसमा झुण्डिएर बस्थेँ, भाडा माग्नुअघि नै झर्थें’
-
हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण