शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाको पुनरागमन जित

शुक्रबार, २९ जेठ २०८३, ०९ : ४३
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • दक्षिण कोरियाले फिफा विश्वकप २०२६ को छनोट खेलमा चेक रिपब्लिकलाई २-१ गोलले पराजित गरेको छ ।
  • चेक रिपब्लिकले अग्रता लिए पनि दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्‍यो ।
  • दक्षिण कोरियाका लागि इन-बेओम ह्वाङ र ओ ह्योन-ग्यूले गोल गरे ।

लस एन्जलस । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ए को खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध पुनरागमन जित हात पारेको छ ।

नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरिया २-१ गोल अन्तरले विजयी बनेको हो ।

खेलमा अग्रता भने चेक रिपब्लिकले लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि लाडिस्लाभ क्रेज्कीले दोस्रो हाफको ५९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

तर, यो अग्रता लामो समय टिक्न सकेन । ६७ औँ मिनेटमा इन–बेओम ह्वाङले गोल गर्दै खेल बराबरीमा ल्याए । ८० औँ मिनेटमा ओ ह्योन–ग्यूले अर्को गोल थप्दै दक्षिण कोरियाको पुनरागमन पूरा गरे ।

समूहको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलले हराएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप