शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उद्धार गरिएका सेनाका आरोहीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख

सोमबार, ०८ जेठ २०८०, ०८ : ४१
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । सेनाको सफा हिमाल अभियान २०२३ अन्तर्गत  सगरमाथा र ल्होत्से हिमाल आरोहणका सिलसिलामा बिरामी भई उद्धार गरिएका आरोहीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सेनाले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । 

सगरमाथा आरोहण गरेर फर्किने क्रममा चार दिनअघि सहसेनानी दीपेन्द्रसिंह खत्रीलगायत अस्वस्थ बनेका थिए । खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीहरू समेतको सहयोगमा क्याम्प–२ सम्म ल्याइ त्यहाँबाट थप उपचारको लागि काठमाडौँ ल्याइएको थियो । यस्तै अन्य तीन जनालाई पनि उपचारको लागि काठमाडौँ ल्याइएकोमा हाल सबैको अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ ।

सेनाका अनुसार सगरमाथा र ल्होत्से हिमाल सफाइ कार्यमा संलग्न टोलीले १३ हजार ६२१ केजी फोहोर सङ्कलन गरेका छन् । यसअघि अन्नपूर्ण हिमालबाट सङ्कलित ३ हजार ५६७ केजी र बरुञ्‍चे हिमालबाट सङ्कलित १८ हजार ५२० केजी फोहोर स्थानीय निकाय तथा वेस्ट मेनेजमेन्ट कम्पनीलाई व्यवस्थापनको लागि हस्तान्तरण गरी सकिएको सेनाले जनाएको छ ।  

यसैबीच सगरमाथा र ल्होत्से हिमाल सफाइ कार्यमा संलग्न फौजको हौसला र मनोवल बढाउने उद्देश्यका साथ आइतबार बलाधिकृत रथी सरोज प्रताप राणाले सगरमाथा आधार शिविरको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप