उजुरी परेको योजनाको अनुगमन गर्न जाँदा ढुंगा लागेर अख्तियारका कर्मचारी घाइते
सुर्खेत । खानेपानी योजनामा अनियमितता भएको भन्दै उजुरी परेपछि अनुगमनमा गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा कार्यरत एक जना कर्मचारी घाइते भएका छन् । बाटोमा यात्रा गर्दैगर्दा बाटोमाथिबाट आएको ढुंगा लागेर अख्तियारको कार्यालयमा कार्यरत ४० वर्षीय सई ठक्करबहादुर ओली आइतबार घाइते भएका हुन् ।
ढुंगा लागेर उनको टाउकोमा गहिरो चोट लागेको छ । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–४ गैरागाउँ भन्ने ठाउँमा रहेको जडाआ खानेपानी आयोजनामा अनियमितता भएको उजुरी अख्तियारको सुर्खेत कार्यालयमा उजुरी परेको थियो ।
अख्तियारको टोली फिल्ड अनुगमनका लागि भैरवी गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका हुँदै आइतबार ठाटीकाँध पुगेको थियो । ठाटीकाँध पुगेपछि सोही वडाका वडाध्यक्ष, पालिकाका प्राविधिक र अख्तियारको टोली खानेपानी आयोजनातर्फ निस्किेको थियो ।
‘निकै विकट र पहाडको खोँचमा पैदल यात्रा गरिरहेका थियौँ, बाटोमा ढुंगाहरु थिए,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी भेषबहादुर रिजालले रातोपाटीसँग भने,‘ त्यहीबेला माथिल्लो बाटोमा एक जना गाउँकी महिला घाँस बोकेर फर्किरहेकी थिइन् । उनी एक्कासि लडिन् र बाटोको डिलमा रहेको ढुंगा खस्न गयो । सईको टाउकोमा लागेर उहाँ घाइते हुनुभयो ।’
रिजालका अनुसार अरू व्यक्तिहरू भाग्न सफल भएको तर उनी भने भाग्न खोज्दा खोज्दै ढुंगा टाउकोमा लागेको हो । घाइते ओलीलाई एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको र उनको उपचार भइसकेको रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण