मधेस सरकारबाट माओवादीले मन्त्रीलाई फिर्ता बोलायो
जनकपुरधाम । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
केही दिनदेखि कुन दललाई कुन मन्त्रालय र कति वटा दिने भन्नेबारे छलफल चलिरहेकै बेला मुख्यमन्त्री सरोजकुमार यादवले आज काँग्रेस र नेकपा एकीकृत समाजवादीबाट नाम मागेर शपथ गराउने तयारी गरेपछि माओवादी चिढिएको हो । माओवादी केन्द्र मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले पार्टीले मन्त्रीलाई फिर्ता बोलाएको र अब सरकारलाई दिएको समर्थन फिर्ता लिइने बताए ।
जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारी सहभागी छन् ।
यसैबीच सरकारसँग असन्तुष्ट जनमत, लोसपा र माओवादीको संयुक्त बैठक समेत बसिरहेको छ ।
स्रोतका अनुसार राम्रो मन्त्रालय पाउँनका लागि माओवादी केन्द्रले मुख्यमन्त्रीमाथि दबाबमा बढाउन सरकारबाट बाहिरिने निर्णय गरेको छ । अहिलेको मन्त्रीहरूलाई फिर्ता बोलाई राम्रो मन्त्रालय पाएको खण्डमा दलको नेता साह आफै मन्त्री बन्ने योजनामा रहेको माओवादी निकट श्रोतले बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण