काभा वुमन्स भलिबल : भारत र कजाकिस्तान विजयी
मङ्गलबार, ०९ जेठ २०८०, १४ : ५०
काठमाडौँ । काभा वुमन्स भलिबल च्यालेन्ज कप – २०२३ मा भारत र कजाकिस्तानले विजयी हासिल गरेका छन् । हिजोबाट सुरु भएको भलिबल च्याम्पियनसीपमा भारतले कीर्गिस्तान र कजाकिस्तानले श्रीलंकालाई पराजित गरेको हो ।
भारतले कीर्गिस्तानलाई सोझो सेटमा २५–१७, २५–८, २५–८ ले पराजित गर्यो । उता कजाकिस्तानले श्रीलंकालाई ४ सेटको खेलमा २५–१६, २८–२६, १८–२५ २९–२७ ले पराजित गरेको हो ।
नेपालले आज दोस्रो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले आज भारतसँग पराजित भएर आएको बङ्गलादेशसँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो । समूह एमा रहेको नेपाल बङ्गलादेशलाई पनि पराजित गरेर सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ आज मैदानमा उत्रन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण