रमलाको ‘म्हेन्दोरी लोई’ सार्वजनिक
काठमाडौँ । गायिका रमला पाख्रिन तामाङले नयाँ म्हेन्दोमाया गीत सार्वजनिक गरेकी छन् । उनले ‘म्हेन्दोरी लोई’ बोलको म्हेन्दोमाया गीत आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।
रमला म्हेन्दोमाया साम्राज्ञीको रुपमा समेत चिनिन्छिन् । तामाङ समुदायको बहुल्यता रहेको धादिङ र नुवाकोटको लोकप्रिय भाका हो ‘म्हेन्दोमाया’ । आफ्नो गीतको भिडियोमा रमला आफैंले अभिनय गरेकी छन् ।
अढाई दशकदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील रमलाले हालसम्म ६ सयभन्दा बढी गीत गाइसकेकी छन् । ‘अहिलेसम्म जति गाएकी छु, अधिकांश म्हेन्दोमाया गीत गाएकी छु । धादिङ र नुवाकोटको भाकालाई प्रवद्र्धन र संरक्षण गर्ने मेरो उद्देश्य हो’ उनी भन्छिन् ।
२०५६ सालमा म्हेन्दोमाया समाजको प्रस्तुतिमा ‘म्हेन्दोमाया’ गीतिसंग्रह ल्याएपछि औपचारिक गायनयात्रा प्रारम्भ गरेकी धादिङ खनियाबासकी रमलाका ‘कतो तङच्यो रोमा’, ‘अम्बले अम्बले’, ‘लक्पर योन्दोङ’, कस्र्योल पोङ’, ‘साइकोले कोउ’, ‘सिङ्ल म्हने’ ‘गङजोरी तामर म्हेन्दो’, ‘रन्ता तपरीम’, र ‘म्हेन्दोमायाँ ब्याटल’ जस्ता गीत चर्चित छन् ।
गायनकै क्रममा रमलाले दुवई, कुवेत, कतार, कोरिया, मलेसिया, जापान, सिंगापुर, बेलायत, भारत, भुटान, थाइल्याण्डलगायत दर्जनौं देशको भ्रमण गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण