सेमिफाइनलमा पुगेका नेपाल र भारतबीच बुधबार समूह विजेता बन्न भिडन्त
काठमाडौँ । आयोजक राष्ट्र नेपाल र भारत काठमाडौँमा जारी एनएससी—काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुबै टोली लगातार दोस्रो खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् ।
नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार बंगलादेशलाई ३–० सेटले पराजित ग¥यो । नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक भएको च्यालेन्ज कपको समूह ‘ए’ मा रहेको नेपालले बंगलादेशमाथि २५–१०, २५–८, २५–९ अंकको जित हासिल गरेको हो।
नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा सोमबार किर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बंगलादेशमाथिको जितसँगगै ६ अंक बनाएको छ । सोही समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ ।
भारतले मंगलबार आफ्नो दोस्रो खेलमा किर्गिस्तानलाई २७–१७, २५–८, २५–८ अंकले हरायो । अब समूह विजेता बन्नका लागि बुधबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता समूहमा पहिलो हुँदै सेमिफाइनलमा पुग्नेछ । किर्गिस्तान र बंगलादेशले भने अब वरीयताका लागि मात्र प्रतिस्पर्धा गर्नेछन् ।
मंगलबार नै भएको समूह ‘बी’ को खेलमा कजाकिस्तानले श्रीलंकामलाई ३–१ सेटले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो र दोश्रो सेट क्रमशः २५–१६, २८–२६ अंकले आफ्नो पक्षमा पारेको कजाकिस्तान तेस्रो सेटमा भने १८–२५ अंकले पराजित भएको थियो । चौथो प्रतिस्पर्धात्मक चौथो सेटमा कजाकिस्तान २९–२७ अंकले विजयी भयो । उक्त जितसँगै कजाकिस्तानको ६ अंक पु¥याएको छ । पहिलो खेलमा कजाकिस्तानले मालदिभ्सलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण