२ सय मिटर दौडमा मकवानपुरका दिना र जिकेश च्याम्पियन
काठमाडौँ । मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्स २ मिटर दौडमा स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित पिप्ले काम्पा रंगशालामा भएको २ सय मिटर दौडमा मकवानपुरका दिनाले महिलातपर्फ र जिकेशले पुरुषतर्फ स्वर्ण जितेका हुन् ।
निर्धारित दूरी पूरा गर्न दिनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्ड समय खर्चिए । महिलामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे ।
पुरुषतर्फm भने मकवानपुरकै सुजन राई र चितवनका शेखर उप्रेतीले कांस्य पदक हात पारे । महिला ८ सय मिटर दौडमा ललितपुरकी रजिना दुलालले स्वर्ण पदक जितिन् उनले दुई मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन् । नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कांस्य पदक जिते ।
सोही स्पर्धाको पुरुषमा चितवनका अृमत बोटले स्वर्ण पदक जिते । उनले २ मिनेट ८ सेकेन्डमा दूरी पूरा गरे । सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई कांस्य पदक जित्न सफल भए ।
५ हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिगमार सिंहले स्वर्ण जिते । उनले १८ मिनेट ९ सेकेन्डमा उक्त दूरी पार गरे । काठमाडौंका धर्म महर्जन र सिन्धुपाल्चोकै विश्वराम कुँवरले क्रमशः रजत र कांस्य पदक जिते ।
सोही स्पर्धाको महिलामा पनि सिन्धुपाल्चोककै निनु तामाङले स्वर्ण पदक जितिन् । उनले २१ मिनेट ८ सेकेन्डमा दौड पूरा गरिन् । दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कांस्य पदक जिते ।
महिला लङ्जम्पमा चितवनकी प्रनिशा महतोले स्वर्ण जितिन् । उनी ४.८३ मिटरको प्रदर्शन गरिन् । चितवनकै आसिका गुरुङले रजत र दोलखाकी रोजिना कार्कीले कांस्य पदक जिते । पुरुष लङ्जम्पमा चितवनका सुजितकुमार महतोले स्वर्ण पदक जिते । उनले ६.३४ मिटरको प्रदर्शन गरे । चितवनकै सुदीप महतोले रजत र दोलखाका सुदीप मिजारले कांस्य जिते ।
पुरुषको सटसुटमा चितवनका ललित राउतले १२.७८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जिते । रामेछापका प्रचन्ड ढुंगेल रजत र चितवनका दीपेश महतो कांस्य पदक जित्न सफल भए । महिलातर्फको सटपुटमा चितवनकै अप्सरा श्रेष्ठले स्वर्ण जितिन् । उनले ८.८३ मिटरको प्रदर्शन गरिन् । सिन्धुलीकी प्रमिला माझीले रजत र रामेछापकी अनिता कार्कीले कांस्य पदक जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण