बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

के मन्दाकिनीलाई साँच्चै पिताले गोली हानेका थिए ? वर्षौँपछि अभिनेत्री आफैँले खोलिन् राज

बुधबार, १० जेठ २०८०, ११ : ३६
बुधबार, १० जेठ २०८०

राज कपुरको फिल्म ‘राम तेरी गंगा मैली’ मा गंगाको भूमिका निभाउने अभिनेत्री मन्दाकिनी हालै ‘द कपिल शर्मा सो’ मा पुगिन् । शोमा उनीसँग ८० को दशकका अभिनेत्री संगीता बिजलानी र वर्षा उसगांवकर पनि देखिए । उक्त कार्यक्रममा अभिनेत्रीले आफ्नो निजी र व्यावसायिक जीवनबारे खुलेर कुराकानी गरिन् । उनले शोमा त्यो किस्साबारे पनि कुरा गरिन् जुन वर्षौँदेखि चल्दै आएको थियो । उक्त किस्सामा उनलाई उनका आफ्नै पिताले गोली हानेको बताइन्छ ।  

मलाई मेरो बुवाले गोली हानेको भन्ने खबर फैलिएको थियो

कार्यक्रममा मन्दाकिनीले आफ्नो जीवनबारे रोचक किस्साबारे कुरा गरिन् । उनले भनिन्, ‘मेरो बुवाले मलाई गोली हानेको भन्ने खबर उडेको रहेछ । म सेटमा जाँदा सबैले मलाई ‘तिमी ठिक छौ’ भनेर सोधिरहेका थिए ।’

mandakini1मानिसले मलाई किन यस्तो प्रश्न गरिरहेका छन् भन्ने थाहा थिएन

उनले भनिन्, ‘सबै मानिसहरू मेरो विषयमा यति धेरै किन चिन्तित छन्, यस्तो किन सोधिरहेका छन् भनेर बुझिरहेकी थिइनँ । तर पछि मैले त्यो अफवाहबारे थाहा पाएँ । यद्यपि, यी सबै खबर पूर्ण रूपमा गलत थियो ।’

१० दिनसम्म फिल्मको सुटिङ गरेकी थिइन्,  अचानक गायब भए निर्देशक

सो कार्यक्रममा मन्दाकिनीलाई राम तेरी गंगा मैली पछि अरू फिल्ममा नदेख्नुको कारण सोधिएको थियो । यो प्रश्नको जवाफ दिँदै मन्दाकिनीले भनिन्, ‘यो फिल्मपछि मलाई धेरै फिल्मको अफर आयो र केही साइन पनि गरोँ । मैले १० दिनसम्म एउटा फिल्मको सुटिङ गरेको थिएँ तर अचानक निर्देशक गायब भइदिए । मैले उनलाई खोज्न कोसिस पनि गरेँ । राम्रो के भयो भने मैले त्यो फिल्मका लागि एडभान्स स्वरूप केही पैसा पाएको थिएँ ।’

mandakini2हिमाचलका हुन् मन्दाकिनीका श्रीमान्, विवाह अघि हिन्दी जान्दैनथे

मन्दाकिनी आफ्नो निजी जीवनबारे निकै रिजर्भ छिन् । कपिल शर्माले उनलाई उनको वैवाहिक जीवनबारे प्रश्न सोधे तब उनले आफ्ना श्रीमान् हिमाचलका हुन् भन्ने जानकारी दिइन् ।

मन्दाकिनीले भनिन्, ‘मेरी आमा हिमाचलकी हुन्, त्यसैले म धेरैजसो त्यहाँ जाने गर्थेँ । हामी पहिलो पटक भेट्दा उनलाई हिन्दीसमेत बोल्न आउँदैनथ्यो । मलाई जे भन्नु पर्दथ्यो, म उनकी आमालाई भन्थेँ त्यसपछि उहाँले उल्था गरेर उनलाई सम्झाउँथिन् । तर हाम्रो विवाह भएपछि उनले बिस्तारै हिन्दी सिके ।’

स्मरण रहोस्, मन्दाकिनीलाई अन्तिम पटक सन् १९९६ मा रिलिज भएका फिल्म जोरदारमा देखिएकी थिइन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप