लघुवित्तले असार मसान्तभित्र खराब कर्जाको पुनर्संरचना गर्नुपर्ने
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो कर्जा लगानीको १ वर्षभन्दा बढी अवधिको भाखा नाघेका कर्जा/सापटी आगामी असार मसान्तभित्र पुनर्तालिकीकरण तथा पुनर्संरचना गरिसक्नुपर्ने भएको छ । केन्द्रीय बैङ्कद्वारा जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा बमोजिम यस्तो व्यवस्था गरिएको हो ।
बुधवार ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले नउठेको कर्जालाई पुनर्तालिकीकरण तथा पुनर्संरचना बुँदा नं.७ बमोजिम गर्न भनेको छ । लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जा चुक्ता गर्न ऋणीहरूलाई कठिनाइ परेको समस्यालाई मनन् गर्दै केन्द्रीय बैङ्कले आवश्यकता र औचित्यका आधारमा यस्तो कर्जालाई पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सकिने व्यवस्था गरेको केन्द्रीय बैङ्कले जनाएको छ ।
तथापि, यस्तो कर्जा २०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी पुनर्तालिकीकरण, पुनर्संरचना गर्न पाइनेछ । यस्तै, पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जाहरूलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने, स्पष्ट आधारहरू प्रत्येक कर्जा फाइलमा संलग्न गर्नुपर्ने बैङ्कले जनाएको छ । तर, यस्तो पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन भने नपाइने केन्द्रीय बैङ्कले जनाएको छ ।
पुनर्तालिकीकरण वा पुनर्संरचना गरे बापत संस्थाले ऋणीबाट कुनै प्रकारको शुल्क/हर्जना लिन पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण