कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित
कोलम्बिया । दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन् ।
मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा “प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध’ लगाइएको ‘युटिलिटी ग्यासेस डे ओक्सिडेन्ट’ले जनाएको छ ।
खानी मन्त्रालयका अनुसार यो सङ्कटले देशको मध्य र दक्षिणपश्चिममा रहेका अन्य पाँच क्षेत्रलाईलाई पनि प्रभावित गरेको छ ।
पाइपलाइन कम्पनी ‘ट्रान्सपोर्टाडोरा डे ग्याँस इन्टरनेसनल’का अनुसार, ज्वालामुखी नजिकैको क्षेत्रमा लागेको ‘भूमिगत आगलागी’ का कारण ग्यास पाइपलाइनहरू बन्द गर्नुपरेको र सेवालाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक हप्ता लाग्न सक्नेछ ।
कोलम्बियाका पाँच करोड जनसङ्ख्यामध्ये दुई तिहाइ खाना पकाउने र अन्य प्रयोगका लागि इन्धनमा निर्भर छन् ।
कोलम्बियाको तेस्रो ठूलो शहर कालीका मेयर जर्ज इभान ओस्पिनाले यसबाट १३ लाखभन्दा बढी प्रयोगकर्ता प्रभावित भएको बताए ।
सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूका अनुसार केही बासिन्दाहरूले ग्यासको विकल्पमा दाउरामा खाना पकाउन थालेका छन् । ग्यासको अर्को विकल्पका लागि हजारौँ मानिसले विद्युतीय चुल्हो छानेका र किन्नका लागि लामो लाइनमा बसेको देख्न सकिन्छ ।
यसबाहेक, धेरैजसो ग्याँस–सञ्चालित सार्वजनिक यातायातहरूले सेवा प्रवाहलाई रोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण