शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हाकिमको किर्ते हस्ताक्षर गरी पेस्की फर्छ्यौट गर्न खोज्ने एक कर्मचारी पक्राउ

बिहीबार, ११ जेठ २०८०, १६ : ४५
बिहीबार, ११ जेठ २०८०

रौतहट । रौतहटमा एक स्थानीय तहका हाकिमको किर्ते हस्ताक्षर गरी पेस्की फर्छ्यौट गराउन खोज्ने एक जना कर्मचारी पक्राउ परेका छन्  

गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाको किर्ते हस्ताक्षर गरी पेस्की फर्छ्यौट गर्न खोज्ने कर्मचारी राम नारायण सहनी पक्राउ परेका हुन् ।

पोषणसम्बन्धी शाखामा कार्यरत कर्मचारी  सहनीले भत्ता वितरण गर्न केही समय अघि ५ लाख रुपैयाँ पेस्की लिएका थिए । सोही पेस्कीबापत उनले पोषणसम्बन्धी एउटा गोश्वारा भौचरमा किर्ते हस्ताक्षर गरी फर्छ्यौट गरेको फेला परेको अधिकृत झाले बताएका छन् ।

किर्ते हस्ताक्षर गरी तथा कार्यालयको छाप लगाएर फर्छ्यौट गरेको फेला परेपछि प्रशासकीय अधिकृत झाले इलाका प्रहरी कार्यालय गरुडालाई खबर गरेका थिए । 

खबर लगत्तै सहनीलाई प्रहरीले पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकाश खनालले पक्राउ परेका कर्मचारी सहनी उपर किर्ते र सरकारी छाप दुरुपयोगबारे मुद्दा दर्ता गरिएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप