हाकिमको किर्ते हस्ताक्षर गरी पेस्की फर्छ्यौट गर्न खोज्ने एक कर्मचारी पक्राउ
रौतहट । रौतहटमा एक स्थानीय तहका हाकिमको किर्ते हस्ताक्षर गरी पेस्की फर्छ्यौट गराउन खोज्ने एक जना कर्मचारी पक्राउ परेका छन्
गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाको किर्ते हस्ताक्षर गरी पेस्की फर्छ्यौट गर्न खोज्ने कर्मचारी राम नारायण सहनी पक्राउ परेका हुन् ।
पोषणसम्बन्धी शाखामा कार्यरत कर्मचारी सहनीले भत्ता वितरण गर्न केही समय अघि ५ लाख रुपैयाँ पेस्की लिएका थिए । सोही पेस्कीबापत उनले पोषणसम्बन्धी एउटा गोश्वारा भौचरमा किर्ते हस्ताक्षर गरी फर्छ्यौट गरेको फेला परेको अधिकृत झाले बताएका छन् ।
किर्ते हस्ताक्षर गरी तथा कार्यालयको छाप लगाएर फर्छ्यौट गरेको फेला परेपछि प्रशासकीय अधिकृत झाले इलाका प्रहरी कार्यालय गरुडालाई खबर गरेका थिए ।
खबर लगत्तै सहनीलाई प्रहरीले पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकाश खनालले पक्राउ परेका कर्मचारी सहनी उपर किर्ते र सरकारी छाप दुरुपयोगबारे मुद्दा दर्ता गरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालको भारत भ्रमणपछि सीमा विवादबारे के भन्छन् भारतीय मिडिया ?
-
रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन
-
नेपाल सीमाबाट टीएमसी नेता जहांगीर खान पक्राउ
-
सात वर्षपछि उत्तर कोरियामा पुगे सी जिनपिङ
-
इजरायलका दुई हवाई अड्डालाई निशाना बनाएको इरानको दाबी
-
बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण