आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुशान्त र रुपेश ब्याडमिन्टनको फाइनलमा

बिहीबार, ११ जेठ २०८०, २० : २१
बिहीबार, ११ जेठ २०८०

काठमाडौं । प्रथम अन्तरविद्यालय टेबलटेनिस प्रतियोगीता बिहीबारदेखि बिराटनगरमा सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर एकल छात्रातर्फका खेलहरू भएका छन् । जुनियर छात्र एकलतर्फ विराटनगरको एभरेष्ट स्कुल र बुढानिलकण्ठ स्कुलका खेलाडी फाइनलमा पुगेका छन् ।

एभरेष्ट स्कुलका सुशान्त मेहता सगरमाथाका सोनु महतोलाइ ३–१ सेटले पराजित गर्दै फाइनलमा पुगे । यसैगरी बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठ जेसी बाल सदनका रिशित साहलाइ ३–१ सेटले पराजित गर्दै फाइनल प्रवेश गरे ।

जुनियर छात्रातर्फ सेन्ट मेरिज स्कुलका खेलाडीको दबदबा रह्यो । सेन्ट मेरिजका आर्नवी भट्टराई, स्वीकृति भट्टराई, अपाला साह र बिज्ञता थापा सेमिफाइनल प्रवेश गरेका छन् । शुक्रबार सब–जुनियर छात्र र सब–जुनियर छात्रा एकलतर्फका खेलहरु हुने जानकारी मिल्स फार्क क्लबका अध्यक्ष धनकुमार लामाले दिए ।

खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी उनले दिए । प्रतियोगितामा विराटनगरका २ दर्जन विद्यालयका १ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन विराटनगर १६ का वडाअध्यक्ष उद्धब कुमार भुजेलले गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप