टर्कीका विपक्षी नेताद्वारा राष्ट्रपति एर्डोगानविरुद्ध मुद्दा

इस्तानबुल । राष्ट्रपति रेसेप तैयप एर्डोगानका चुनावी प्रतिद्वन्द्वीले कुर्दिश लडाकुहरूसँग विपक्षीहरूलाई जोड्ने अभियानको भिडियो प्रसारण गरेको भन्दै उनीविरुद्ध ५० हजार डलरको मुद्दा दायर गरेका छन् ।
धर्म निरपेक्षता पक्षपाती विपक्षी नेता केमाल किलिचदारोग्लुका वकिल सेलाल सेलिकले बिहीबार भनेका छन् “हामीले नक्कली भिडियोको जवाफ दिन यो मुद्दा दायर गरेका छौँ ।”
किलिचदारोग्लु मे १४ मा पहिलो राउण्डको चुनावी दौडमा एर्डोगानभन्दा झन्डै पाँच अङ्कले पछि परेका थिए ।
आइतबार टर्कीको राष्ट्रपति चुनावको दोस्रो चरण प्रवेश गरेको छ । किलिचदारोग्लुले यसअघि एर्दोगानविरुद्ध साङ्केतिक मुद्दा दायर गरेका थिए ।
तर यस पटक क्षतिपूर्ति स्वरूप एक मिलियन लिरा (५० जकार डलर) माग गर्दै मुद्दा दायर गरिएको हो ।
उनले एडोर्गानले बारम्बार आफ्नो जुलुसमा एक भिडियो प्रसारण गर्ने गरेका छन् । जसले किलिचदारोग्लुलाई कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का सैन्य कमाण्डरसँग अनुचितरूपमा जोड्ने प्रयास गरेको उनको दाबी छ । दशौँ हजारको ज्यान लिने दशक लामो विद्रोहका लागि टर्की र यसका पश्चिमी सहयोगीहरूले पीकेकेलाई आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरेका छन् ।
किलिचदारोग्लुका वकिलले एडोर्गानलाई “नैतिक मान्यता” तोडेको आरोप लगाउँदै झूटो भिडियो सम्प्रेषण गरेको भन्दै “राष्ट्रपतिको सिटमा बसेको व्यक्ति कसरी बेइमान हुन सक्छ ?” भनेर प्रश्न गरेका छन् ।–(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राइड सेयरिङलाई मान्यता दिने गण्डकी सरकारको निर्णयविरुद्ध यातायात व्यवसायी
-
प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाऔँ : सांसद शेर्पा
-
आईपीओ विवाद : धितोपत्र बोर्डले प्रक्रिया पूरा नगरेका कम्पनीको नाम छुट्टै सार्वजनिक गर्ने
-
हुलाकी राजमार्गलाई प्राथमिकतामा राख्न सांसद चौधरीको माग
-
राष्ट्रिय युवा सङ्घ नेपालकाे विशेष परिपत्र : अधिवेशन नभएका जिल्ला स्वतः आयोजक कमिटीमा रूपान्तरण
-
एउटा क्षेत्रलाई फोकस गरेर बजेट विनियोजन गरौँ : सिके राउत