११ महिनादेखि तलब नपाएको भन्दै कालिकोटको रास्कोटका स्वास्थ्यकर्मी धर्नामा
कालिकोट। कालिकोटको रास्कोट नगरपालिकाका स्वास्थ्यकर्मीहरु तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । विगत ११ महिनादेखि तलब भत्ता केही पनि नपाएको उनीहरुको गुनासो छ । पालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरुले बिहीबारदेखि पालिकाको प्राङ्गणमा धर्ना सुरु गरेका छन् ।
स्वास्थ्य मन्त्रालय र नगरपालिकाको गैर–जिम्मेवारीपनका कारण आफूहरुले तलब पाउन नसकेको उनीहरुको भनाई छ । तलब नपाउनेमा अधिकांश कर्मचारी समायोजन ऐन ०७५ तथा कर्मचारी मिलानसम्बन्धी व्यवस्था ०७७ बमोजिम रास्कोट नगरपालिकामा समायोजन संशोधन र मिलान भई आएका स्वास्थ्यकर्मीहरु रहेका छन् ।
फुकोट स्वास्थ्य चौकी रोस्कोट–९ मा कार्यरत सिनियर अहेब शंकरप्रसाद बरालले पटक–पटक छलफल र तलब माग गर्दा पनि स्वास्थ्य मन्त्रालय र नगरपालिकाले आफुहरुको पीडा नसुनेको बताए । ‘११ वैशाखमा ज्ञापनपत्र बुझाएको र सरोकारवाला निकायसँग पटक पटक छलफल समेत भयो, स्वास्थ्य मन्त्रालयले नगरपालिकालाई पत्र पठाउन भन्यो तर, पनि तलब आउन सकेन,’ उनले रातोपाटीसँग भने,‘ स्वास्थ्य मन्त्रालयबाट नै आउँछ भनेर यता पालिकाले बजेट छुट्टयाएको अवस्था छैन । यस्तो अवस्थामा हामीले के गरौँ हजुर..!’
उनका अनुसार बिहीबारदेखि सुरु भएको आन्दोलनमा आफूहरुका केही मागहरु समेत रहेका छन् । उनीहरुले आकस्मिक सेवा र नियमित खोप सेवा बाहेकका सबै सेवा ठप्प पार्ने, माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु तय गरिने बताए ।
कर्मचारीको माग र तलबबारे रातोपाटीले नगरपालिकाका मेयर धर्मराज शाहीलाई बुझ्न खोज्दा उनी नेपाल बाहिर रहेको पाइयो । पालिकाका स्वास्थ्य शाखा प्रमुख हंशराज बरालले भने कुनै जवाफ दिन चाहेनन् । उनले भने, ‘मलाई थाहा छैन, अरु कसैलाई सोध्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ टि–ट्वान्टी विश्वकप : छनोट खेलमा नेपालले थाइल्याण्डसँग खल्ने
-
सिड्नीमा नेपाली व्यवसायी म्याक्सले खोले कन्ट्री फ्रेस रगडेल
-
काठमाडौँ उपत्यकाकै बाढीपीडितले पाएनन् राहत, भन्छन्, 'सोध्न आउँछन्, राहत लिएर कोही आउँदैनन्'
-
उसुमा नेपालले जित्यो चार स्वर्ण पदक
-
गड्डाचौकी नाका : चाडबाड मनाउन घर फर्कनेको भीड
-
खुर्कोटमा तत्काल बेलिब्रीज जडान गर्न सांसद श्रेष्ठले गराए प्रदेश सरकारको ध्यानाकर्षण