बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

द केरला स्टोरीका निर्देशक अस्पताल भर्ना

शनिबार, १३ जेठ २०८०, १५ : ०७
शनिबार, १३ जेठ २०८०

मुम्बई । बक्सअफिसमा उत्कृष्ट व्यापार गर्दै आएको फिल्म ‘द केरला स्टोरी’का निर्देशक सुदिप्तो सेन अस्पताल भर्ना भएका छन् । पछिल्ला दिनमा फिल्मको प्रचारप्रसारमा व्यस्त निर्देशक धपेडीका कारण बिरामी परेका हुन् । फिल्ममाथि प्रतिबन्ध र विरोधको सामना गरिरहँदा फिल्मले बक्स अफिसमा २ सय करोडको आँकडा पार गरिसकेको छ । निर्देशक सेन अस्पताल भर्ना भएपछि अन्य सहरमा गरिने फिल्मको प्रचारप्रसारको कार्यक्रमलाई हालका लागि रोकिएको छ ।

‘सुदिप्तो सेन फिल्मको टिमका साथ प्रचारप्रसार गरिरहँदा दौडधुपले अस्वस्थ बनेका छन् । बिरामीका कारण अस्पताल भर्ना भएपछि प्रचार कार्यक्रम र यात्रालाई रोकिएको छ’, फिल्म युनिटका एक सदस्यले भने । सुदिप्तो स्वस्थ भएपछि भारतका १० सहरमा फिल्मको प्रमोसनको काम गर्नेछन् । फिल्मले केरल राज्यको तीन युवतीको कथा देखाएको छ । जसको आईएसआईएसले ब्रेनवास गरेर उनीहरुको धर्मान्तरण गर्छन् । फिल्ममा अदा शर्मा, योगिता बिहानी, सोनिया बलानी र सिद्धि इदवानीको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप