एक वर्षपछि प्रधानमन्त्रीकी नातिनी स्मिताले ल्याइन् नयाँ गीत ‘आँखामा गाजल’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छिन् । अध्ययनमा व्यस्त रहेकी उनले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन् । उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो । रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’ मा राजनराज शिवाकोटीको शब्द र संगीत छ। देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयम्ले मोडलिङ गरेकी छिन् । रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ ।
सुदिप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् । गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन् । एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन् । ‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ,’ स्मिताले भनिन्, ‘एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु । रोमान्टिक फ्लेबरमा गाएकी छु । दर्शकले सधैँझै माया गर्नुहुन्छ भन्ने आशा छ ।’ ‘मायालु तिमी कता छौं’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ आदि स्मिताका चर्चित गीतहरु हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण