समाजवादी मोर्चा बनाउन विप्लव पनि सहमत छन् : महरा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले समाजवादी मोर्चा बनाउन नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव पनि सहमत रहेको बताएका छन् । समाजवादी मोर्चा निर्माणको प्रक्रियाले गति लिइरहेको उनको भनाइ थियो ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा जनसांस्कृतिक महासंघद्वारा आयोजित ‘सांस्कृतिक सहिद कृष्ण सेन इच्छुकको २१ औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ कार्यक्रममा बोल्दै महराले देशी विदेशी शक्ति समाजवादी मोर्चा बन्न नदिने चलखेलमा लागेकाले क्रान्तिकारी शक्तिहरू चनाखो बन्न जरुरी रहेको बताए ।
उनले कृष्ण सेन पत्रकार र साहित्यकार मात्रै नभएर राजनेता पनि भएको बताउँदै सेनको आदर्श क्रान्तिकारीहरूले भुल्न नहुने धारणा राखे । यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घका इन्चार्ज गोपाल ठाकुरले पार्टीले कृष्ण सेनको आदर्श भुल्न नहुनेमा जोड दिए ।
यस्तै माओवादी केन्द्रको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले अहिले पार्टी विचार, सिद्धान्त र आदर्शमा स्खलित भएको उल्लेख गरे । उनले माओवादी आन्दोलनलाई पुनः उठाउन सांस्कृतिककर्मीहरुको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
शर्माले कृष्ण सेन पत्रकार र साहित्यकार मात्रै नभएर कुशल नेता पनि भएको बताए । माओवादीभित्र समस्या रहेको सङ्केत गर्दै उनले उनले अहिले कृष्ण सेन जीवितै भएको भए पार्टीको बारेमा के कविता लेख्थे होला र कस्तो अभिव्यक्ति दिन्थे होला भन्दै प्रश्न समेत गरे ।
सो अवसरमा कृष्ण सेनले साहित्यमा पुर्याएको योगदानको सन्दर्भमा साहित्यकारहरू ईश्वरचन्द्र ज्ञवाली र मातृका पोखरेलले विवेचना गरेका थिए । यस्तै सो अवसरमा एक दर्जन भन्दा बढी कविहरूले कृष्ण सेनका बारेमा कविता सुनाएको महासङ्घका कार्यवाहक अध्यक्ष भीम मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण