मेलौली होटलमा बेहोस भेटिएका चन्दको मृत्यु
शनिबार, १३ जेठ २०८०, २० : ३२

बैतडी । बैतडीको मेलौली नगरपालिका–७ मा रहेको रिसब होटलमा बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ का ५७ वर्षीय रनि चन्द रहेका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
भारतबाट फर्किएर घर जाने क्रममा रहेका चन्द जेठ ११ गतेदेखि उक्त होटलमा बसिरहेका थिए । आज बिहान खान खानका लागि होटलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए ।
बेहोस फेला परेका चन्दको उपचारका क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । चन्दको के–कति कारणले मृत्युु भएको हो भन्नेबारे खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू
-
मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो
-
‘नरसिंहाः अवतार’ को विदेशी बजारमा माग बढ्दो
-
दीपक र रेजिनालाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान