‘नरसिंहाः अवतार’ को विदेशी बजारमा माग बढ्दो
काठमाडौँ । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’को विदेशी बजारमा पनि माग बढेको छ ।
फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईले विदेशबाट फिल्मको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए ।
यसैबिच नेपाली चलचित्रका लागि सबैभन्दा ठुलो बजार मानिएको अष्ट्रेलियामा यो चलचित्रको प्रदर्शन अधिकार बिक्री भएको छ । चलचित्रको अष्ट्रेलियामा बिक्री अधिकार बीआई इभेन्ट्सले पाएको छ । चलचित्रलाई कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने विषयमा भने निर्माणपक्षले खुलाएको छैन ।
बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्,‘महानायक राजेश हमालको क्रेज र फिल्मको चर्चा अष्ट्रेलियामा धेरै छ । त्यसकारण दर्शकहरुको मागलाई ध्यानमा राखेर हामीले यो चलचित्रको अष्ट्रेलियामा प्रदर्शन अधिकार खरिद गरेका हौँ। आशा छ, फिल्मले अष्ट्रेलियाका दर्शकहरुको मन जित्नेछ ।’
वर्षा ‘भ्वाइस अफ नेपाल’मा सहभागी भइसकेकी गायिका समेत हुन् ।
वर्षाले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा फिल्म रिलिज हुने बताइन् ।
नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण