‘नरसिंहाः अवतार’ को विदेशी बजारमा माग बढ्दो

काठमाडौँ । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’को विदेशी बजारमा पनि माग बढेको छ ।
फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईले विदेशबाट फिल्मको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए ।
यसैबिच नेपाली चलचित्रका लागि सबैभन्दा ठुलो बजार मानिएको अष्ट्रेलियामा यो चलचित्रको प्रदर्शन अधिकार बिक्री भएको छ । चलचित्रको अष्ट्रेलियामा बिक्री अधिकार बीआई इभेन्ट्सले पाएको छ । चलचित्रलाई कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने विषयमा भने निर्माणपक्षले खुलाएको छैन ।
बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्,‘महानायक राजेश हमालको क्रेज र फिल्मको चर्चा अष्ट्रेलियामा धेरै छ । त्यसकारण दर्शकहरुको मागलाई ध्यानमा राखेर हामीले यो चलचित्रको अष्ट्रेलियामा प्रदर्शन अधिकार खरिद गरेका हौँ। आशा छ, फिल्मले अष्ट्रेलियाका दर्शकहरुको मन जित्नेछ ।’
वर्षा ‘भ्वाइस अफ नेपाल’मा सहभागी भइसकेकी गायिका समेत हुन् ।
वर्षाले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा फिल्म रिलिज हुने बताइन् ।
नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
राष्ट्र बैंकको सिको गर्दै बीमा प्राधिकरण
-
इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो
-
विद्युत् प्रसारण अवरुद्ध भएपछि शाक्यले गरे वितरण प्रणालीको निरीक्षण (तस्बिरहरू)
-
एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’
-
‘राम प्यारी’मा यम र दीपाको रोमान्स