सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ । मन्त्रिपषिदको आकस्मिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।
‘एजेण्डाबारे खुलाइएको त छैन तर बजेट, प्रमको भारत भ्रमण र गणतन्त्र दिवसका अवसरमा कैदीहरूलाई दिइने कैद छुटका बारेमा निर्णय हुने प्रबल सम्भावना हो’, ती मन्त्रीले रातोपाटीसँग भने,‘त्यसबाहेक अरू तत्काल निर्णय गर्नुपर्ने अरू विषय छैनन् ।’
प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी सरकारले फाइल अघि बढाएको छ ।
यसका साथै भोलि जेठ १५ गते संसद्मा पेस हुने बजेट पनि मन्त्रिपरिषद्ले पास गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण