आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मानव अधिकार तथा शान्ति समाजको प्रदर्शनका क्रममा १७ जना पक्राउ

आइतबार, १४ जेठ २०८०, १३ : ३०
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले आइतबार राजधानी प्रदर्शन गरेको छ । १६ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने तीन तहको सरकारमा सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै राजधानीमा प्रदर्शन गरेको हो । 

लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित भएको प्रदर्शनका क्रममा प्रहरीले सिंहदरबार दक्षिण ढोका अगाडिबाट १७ जना सत्र जना प्रदशनकारीलाई नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा आन्दोलन गर्दा उनीहरु पक्राउ परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप