इरानमा बाढी, चार जनाको मृत्यु
आइतबार, १४ जेठ २०८०, २१ : २४
तेहरान । उत्तरपूर्वी इरानमा शनिबार राति आएको बाढीमा परी कम्तीमा चार जनाले ज्यान गुमाएका सरकारी समाचार समिति इरनाले आइतबार जनाएको छ ।
उत्तरी खोरासान प्रान्तको फारुज, शिरवान र फारुज काउन्टीमा मुसलधारे वर्षाका कारण बाढी आएको, फारुज काउन्टीको एउटा खोलाको पानी सतहभन्दा चार मिटर बढ्दा त्यसले व्यापक क्षति भएको प्रान्तीय सङ्कट व्यवस्थापन विभागका प्रमुख घोलामरेजा शफिकलाई उद्धृत गर्दै इरानले जनाएको छ ।
खोलाले बगाएका दुई जनाको शव भेटिएका, बाढीमा अन्य नागरिक पनि परेको आशङ्कामा अन्य सम्भावित पीडितको ओजी भइरहेको, शिरवान काउन्टीमा कारमा डुबेका दुई जनाको शव पनि फेला परेको जनाउँदै इरनाले १८ वटा गाडी बाढीले बगाएको माटोले पुरिएका बताएको छ ।- (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण