शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीयन्सीको ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा

सोमबार, १५ जेठ २०८०, १२ : ११
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । बेलायतको चर्चित प्रकाशक अस्टिन म्याक्कले पब्लिसर्सले नेपाली मूलकी श्रीयन्शी ज्ञवालीको पुस्तक ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा ल्याएको छ । अंग्रेजी साहित्यमा निकै लोकप्रिय ‘टिन फेन्टासी’ विधाको पुस्तकलाई प्रकाशकले १५ वर्षदेखि १७ उमेर समूहलाई लक्षित भनेको छ । तथापि पुस्तकको कथावस्तुले अन्य उमेर समूहकालाई पनि तान्ने प्रकाशकको दाबी छ ।  ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ले सानैमा अभिभावक गुमाएर अनाथालयमा हुर्किएकी एक किशोरीको कथा भन्छ । पुस्तककी लेखिका आफैँ किशोरी हुन् ।

नेपालको भैरहवामा जन्मिएकी लेखिका २०६८ मा आफ्नो परिवारसँगै क्यानडा सरेकी थिइन् । त्यस समय उनी २२ महिनाकी मात्र थिइन् । हाल क्यानडाको ओन्टारियो प्रोभिन्सको ब्रम्प्टनमा बस्ने ज्ञवालीलाई सानैदेखि साहित्य लेखनमा रुचि थियो ।  अभिभावक र शिक्षकको प्रेरणाले पुस्तक लेख्न थालेकी थिइन् । यो उपन्यास श्रीयन्शीको पहिलो प्रकाशित पुस्तक २४० पृष्ठको छ ।  मे २६ मा बजारमा आएको यस पुस्तकलाई अनलाइन साइट ‘अमेजन’बाट संसारभरि किन्न सकिन्छ ।

the-dark

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप