रत्न मन्दिर सर्वसाधारणका लागि खुलेपछि हेर्न आउनेको भीड (तस्बिरहरू)
पोखरा । गणतन्त्र दिवसको दिन पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला भएको छ । पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा दरबार खुला गरिएको हो ।
राजा महेन्द्रले रानी रत्नका लागि उपहारस्वरूप २०१५ सालमा मन्दिर बनाएका थिए । नेपाल ट्रस्ट अन्तर्गत रहेको ऐतिहासिक धरोहरहरूलाई यसअघि सर्वसाधारण लागि खुला गरिएको थिएन । हाल आम नागरिकको अवलोकन गर्ने जनचाहना अनुरूप २०८० जेठ १५ (आज) देखि खुला भएको हो ।
रत्न मन्दिर खुला भएसँगै लेक साइडमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ । राजा वीरेन्द्र रानी ऐश्वर्य र निजका परिवारहरूको निधनपछि २०६७ मङ्सिर २० गते नेपाल ट्रस्टको स्वामित्वमा उक्त जग्गा १ सय ७४ रोपनी ४ आना २ दाम रोपनी क्षेत्रफलमा फैलिएको छ ।
_TZEHX2Cc19.jpg)
_LsR7DPHs3i.jpg)
_o33CEVBBr2.jpg)
_SnZZRyn6GQ.jpg)
_SKP8CFtUnt.jpg)
_VhmKg7Cgbu.jpg)
मन्दिरभित्र साना ठुला १० वटा भवन छन् । सर्वसाधारणका लागि प्रवेश दिए पनि मन्दिर भित्र छिर्न भने दिएको छैन । सर्वसाधारणका लागि मन्दिरभित्र छिर्न दिँदा भौतिक संरचना टुट फुट हुने भएकाले केही समयपछि भिडिओ फुटेजबाटै देखाउने ट्रस्ट व्यवस्थापकहरू बताउँछन् । परिसर डुल्न कुनै रोकतोक हुने छैन भने भवनमा भित्र प्रवेश गर्न पाइँदैन ।
मन्त्री किराँतीले मन्दिरलाई रेखदेख र संरक्षण गर्नु ठुलो कुरा हुने उल्लेख गरे । उनले भने, ‘नेपालका राजाले ६०/७० वर्षअघि पोखरा घुम्दा बनाएको दरबार जोगाएर पर्यटक तान्न सक्नुपर्छ । यसको रेखदेखमा हामी लाग्नुपर्छ ।’ दरबार परिसर डुल्न नेपालीले एक सय रुपैयाँ र विदेशीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । मन्दिर खुलेसँगै घुम्न आउने सर्वसाधारणको भीड लाग्न थालेको छ ।
_1qTxqwjzhV.jpg)
_TeG4S0TxFP.jpg)
_w3asHJZ1Mx.jpg)
_bWRQTLJ6wa.jpg)
_UWDAKtxNBH.jpg)
_6ySXQOVeFU.jpg)
_lsejFojxel.jpg)
_3TkrLFvQ24.jpg)
_WepGbpeUNA.jpg)
_hsWhWz73Gb.jpg)
_OFpm9PKJeE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण