बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

रत्न मन्दिर सर्वसाधारणका लागि खुलेपछि हेर्न आउनेको भीड (तस्बिरहरू)

सोमबार, १५ जेठ २०८०, १५ : २०
सोमबार, १५ जेठ २०८०

पोखरा । गणतन्त्र दिवसको दिन पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला भएको छ । पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको  प्रमुख आतिथ्यतामा दरबार खुला गरिएको हो ।

राजा महेन्द्रले रानी रत्नका लागि उपहारस्वरूप २०१५ सालमा मन्दिर बनाएका थिए । नेपाल ट्रस्ट अन्तर्गत रहेको ऐतिहासिक धरोहरहरूलाई यसअघि सर्वसाधारण लागि खुला गरिएको थिएन । हाल आम नागरिकको अवलोकन गर्ने जनचाहना अनुरूप २०८० जेठ १५ (आज) देखि खुला भएको हो ।

रत्न मन्दिर खुला भएसँगै लेक साइडमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ ।  राजा वीरेन्द्र रानी ऐश्वर्य र निजका परिवारहरूको निधनपछि २०६७  मङ्सिर २० गते नेपाल ट्रस्टको स्वामित्वमा उक्त जग्गा १ सय ७४ रोपनी ४ आना २ दाम रोपनी क्षेत्रफलमा फैलिएको छ ।

ratna-mandir (1)ratna-mandir (2)ratna-mandir (3)ratna-mandir (4)ratna-mandir (5)

ratna-mandir (2)

मन्दिरभित्र साना ठुला १० वटा भवन छन् । सर्वसाधारणका लागि प्रवेश दिए पनि मन्दिर भित्र छिर्न भने दिएको छैन । सर्वसाधारणका लागि मन्दिरभित्र छिर्न दिँदा भौतिक संरचना टुट फुट हुने भएकाले केही समयपछि भिडिओ फुटेजबाटै देखाउने ट्रस्ट व्यवस्थापकहरू बताउँछन् । परिसर डुल्न कुनै रोकतोक हुने छैन भने भवनमा भित्र प्रवेश गर्न पाइँदैन । 

मन्त्री किराँतीले मन्दिरलाई रेखदेख र संरक्षण गर्नु ठुलो कुरा हुने उल्लेख गरे । उनले भने, ‘नेपालका राजाले ६०/७० वर्षअघि पोखरा घुम्दा बनाएको दरबार जोगाएर पर्यटक तान्न सक्नुपर्छ । यसको रेखदेखमा हामी लाग्नुपर्छ ।’  दरबार परिसर डुल्न नेपालीले एक सय रुपैयाँ र विदेशीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । मन्दिर खुलेसँगै घुम्न आउने सर्वसाधारणको भीड लाग्न थालेको छ ।

ratna-mandir (3)ratna-mandir (4)ratna-mandir (5)ratna-mandir (6)ratna-mandir (8)ratna-mandir (9)ratna-mandir (10)ratna-mandir (11)ratna-mandir (12)ratna-mandir (13)ratna-mandir (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप