भारत हुँदै बंगलादेशसम्म जलविद्युत निर्यात गर्ने विषयमा ठोस छलफल हुन्छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारत भ्रमणमा जलविद्युत निर्यातका विषयमा छलफल हुने बताएका छन् । आसन्न भारत भ्रमणका विषयमा संसद्लाई जानकारी गराउँदै प्रचण्डले भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातका विषयमा ठोस छलफल हुने बताए ।
‘भारतको भूमि हुँदै बंलादेशसम्म जलविद्युत निर्यातको विषयमा समेत यो पटक ठोस कुरा हुने छ । महाकाली पश्चायत २६ वर्ष बितिसक्दा समेत पञ्चेश्वर परियोजना प्रगति हुन सकेको छैन । सिचाई र जलविद्युतका लागि महाकाली नदीको पानी समान र साझा उपयोग हुने गरी डिपीआरलाई टुंगोमा पु¥याइने छ’ प्रचण्डले भने, ‘दुई पक्षीय वार्ताको माध्यमबाट तयार गरिएको नयाँ पारवहन सम्धीलाई टुंगोमा पुर्याउने प्रयास समेत यस छलफलमा हुने छ ।’
इतिहासदेखि नै थाती रहेका सीमा विवादका विषयहरू सम्बोधन गर्न ठोस विश्वासको वातावरण बनाउन गरी छलफल गर्ने प्रचण्डले बताए ।
‘नेपालका नदीहरूमा विभिन्न जलविद्युत आयोजना नेपालको हित सुनिश्चित हुनेगरी भारतीय लगानी भित्र्याउने दुई पक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायत संरचना निर्माणका विषयमा छलफल हुने छन् । जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने हाम्रो प्राथमिकताको विषय हुने छन्’ उनले भने ।
यस्तै प्रचण्डले सुदूरपश्चिम प्रदेशका जिल्लाहरूलाई भारतसँग जोड्ने मोटरवेल र झुलुङगे पुल निर्माणका सम्बन्धमा छलफल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
-
बिहीबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
लोमान्थाङमा नयाँ पुल बनेपछि...
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण