विवादित संसदीय कोष ब्युँताइयो
काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरूले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ५ करोड रूपैयाँका दरले बजेट छुट्याएको छ । संघीयताको मर्मविपरीत गैरसंवैधानिक काममा सांसदलाई लगाइएको भन्दै यो कार्यक्रम खारेज भएको थियो । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सांसद विकास कोष केन्द्रित कार्यक्रम घोषणा गरेका हुन् ।
एक निर्वाचन क्षेत्रमा ५ करोडका दरले ८ अर्व बजेट विनियोजन गरिएको छ । विगतमा सांसद विकास कार्यक्रमका नाममा खर्च हुने बजेटलाई आर्थिक वर्ष २०७५/७६ बाट स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नामकरण गरिएको थियो । सांसदका नाममा प्रत्येक निर्वाचन क्षेत्रमा जाने रकमबाट कार्यान्वयन हुने आयोजनाको छनोट कात्तिक मसान्तभित्र सक्नुपर्ने यसको नियम राखिएको थियो ।
छनोट भएका आयोजना कार्यान्वयनका लागि मंसिर १५ भित्र सम्बन्धित स्थानीय तहमा पठाउनुपर्ने गरी समय तोकिएको थियो । सांसदका लागि आएको रकमबाट कार्यान्वयन आयोजनामा स्थानीय तहले समेत वित्तीय साझेदारी गर्न सक्ने गरी प्रावधान राखिएको थियो । ५० लाख र सोभन्दा माथिको आयोजना कार्यान्वयन गर्दा अनिवार्य बोलपत्र आह्वानमा जानपर्नेसमेत नियमावली बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
-
२०२६ विश्वकप अपडेट: ४८ मध्ये कुन-कुन राष्ट्र भए आउट ?
-
जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
-
‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण