शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डा. भगवान् कोइरालाद्वारा गैर आवासीय नेपाली सङ्घ अमेरिकाको सचिवालय उद्घाटन, दाताहरू सम्मानित

मङ्गलबार, १६ जेठ २०८०, ०७ : ५८
मङ्गलबार, १६ जेठ २०८०

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको आफ्नै सचिवालयको उद्घाटन गरिएको छ । नेपालका प्रख्यात चिकित्सक भगवान् कोइरालाले सचिवालय भवनको उद्घाटन गरेका हुन् ।

अमेरिकाको भर्जिनिया  राज्यको फेयरफ्याक्स स्थित सचिवालयमा पूजा अर्चना सहित अमेरिकाको विभिन्न राज्यहरूबाट आएका सदस्य, आमन्त्रित अतिथि तथा चन्दादाताहरूको उपस्थितिमा विधिवत् रुपमा उद्घाटन गरिएको हाे ।

गत मे २८ का दिन बिहान ९ बजेको शुभ साइतमा पूजा अर्चना गरी उद्घाटन सम्पन्न गरिएको हो । उद्घाटन पछि अतिथि डा भगवान् कोइराला ,एनआरएनए अमेरिकाका  पूर्व अध्यक्ष द्वय डा केशव पौडेल तथा खगेन्द्र जिसी तथा विभिन्न व्यक्तित्वहरूले आफ्ना भनाई राखेका थिए । 

सोही साँझ भर्जिनिया राज्यकै फल्सचर्च स्थित एक अतिथि गृहमा आफ्नै भवन खरिद गर्न खुलेर दान गर्नेहरूलाई ताम्रपत्र, प्रमाण पत्र तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

yadab

सम्मान कार्यक्रमको सभापतित्व एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले गरेका थिए भने कार्यक्रममा अधिकांश पदाधिकारी सहित पूर्व अध्यक्ष डा केशव पौडेलको उपस्थिति रहेको थियो  । सम्मान कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रियकी अध्यक्ष रबिना थापा प्रमुख अतिथिको भूमिका निर्वाह गरेकी थिइन् ।

सम्मान कार्यक्रममा पदाधिकारी ,आमन्त्रित अन्तर्राष्ट्रियका पदाधिकारी,अतिथि ,विश्व दुई चक्र वाहन (साइकल यात्री) अजित बराल लगायत सामाजिक अभियन्ताहरूले मन्तव्य राखेका थिए ।

puja 4

भर्जिनियामा आफ्नै भवन खरिद गर्ने पहल र विशेष जिम्मेवारी पाएका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । समिति निर्माण गरी अहोरात्र खट्नेहरूमा क्रमशः वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थ, कोषाध्यक्ष  राजीव श्रेष्ठ ,अध्यक्ष बुद्धि सागर सुबेदी लगायत पदाधिकारीहरू सहितले गरेको अथक मेहनत र प्रयासले सचिवालयको रकम पूरै चुक्ता गर्न सफल हुन् सम्भव भएको हो ।

उक्त दाता सम्मान कार्यक्रममा  सबै भन्दा ज्यादा रकम सहयोग गर्नु हुने क्यालिफोर्निया शाखालाई विशेष ताम्रपत्र प्रदान गरिएको थियो । कार्यक्रम बीचमा दाताहरूको तस्बिर सहित नामावली प्रदर्शन गरिएको थियो ।

nrn us 3

कार्यक्रममा प्रमुख अतिथि रबिना थापाले बधाई दिएकी थिइन् भने अध्यक्ष बुद्धि सागर सुबेदीले आफ्नो कार्यकालमा गरेका महत्त्वपूर्ण कार्यहरूको बारेमा चर्चा गरेका थिए । ताम्रपत्र ,प्रशंसा पत्रहरू रबिना थापा ,बुद्धि सुबेदी,डा केशव पौडेल, कृष्ण जीबी पन्थ ,राजीव श्रेष्ठ ,राजन त्रिपाठी लगायतले वितरण गरेका थिए ।

कार्यक्रम सञ्चालन महासचिव अन्जन कुमार चौलागाईले गरेका थिए । सचिवालय खरिद गर्न अहोरात्र खट्ने र आफूले प्राप्त गर्ने रकम समेत नलिएका भर्जिनिया का घर खरिद बिक्री अभिकर्ता (रियलटर) राम मिश्रालाई सबैले धन्यवादको साथै प्रशंसा गरेका थिए । 

surajan tripathi

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप