घानाका गायक लितेले गाए एलिनाको ‘पागल बनायौ’ गीत
बुधबार, १७ जेठ २०८०, १७ : ५९
काठमाडौँ । चर्चित गायिका एलिना चौहानले केही समय अगाडि सार्वजनिक गरेको गीत ‘पागल बनायौ’ घानाका गायक लितेले पनि गाएका छन् । लितेले गीत कभर भर्सनमा गाएका हुन् ।
सुजन कोइरालाको शब्द र नविन कार्कीको संगीत रहेको गीत लितेले आफ्नो स्वरमा निकै राम्रो तवरले गाएका छन् ।
लितेले स्टुडियोमा गाएको यो गीतको भिडियो समेत रेकर्ड गरिएको छ । ४ दिन अगाडि युट्युबमा सार्वजनिक गीतले अहिलेसम्म ५४ हजार बढी भिउज पाएको छ ।
लितेले यस अगाडि प्रकाश सपुतको फुलमाया र गाजलु ती ठुलाठुला आँखा बोलको गीत समेत गाएका छन् । लिते घानाको निर्माता, गायक र गीतकार पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण