बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पदक फाल्दै प्रशिक्षक मोउरिन्होले भने–यो रजत पदक मलाई चाहिएन

बिहीबार, १८ जेठ २०८०, १६ : ३६
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि स्पेनिस क्लब सेभियाले जित्यो । सेभियाले बुधबार राति भएको फाइनलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४—१ गोलले हराउँदै उपाधि चुमेको हो । त्यसअघि निर्धारित समयको खेल १—१ गोलको बराबरीमा सकिएको थियो ।

आफ्नो टोली फाइनलमा पराजित भएपछि रोमाका पोर्चुगिज प्रशिक्षक होजे मोउरिन्हो रुष्ट बनेका थिए । त्यसैले पुरस्कार वितरण समारोहमा पनि ६० वर्षीय प्रशिक्षक मोउरिन्हो निराश देखिएका थिए ।

पुरस्कार वितरण समारोहपछि भने उनले खुलेरै आफ्नो असन्तुष्टि व्यक्त गरे । उनले आफूले पाएको रजत पदक दर्शकतर्फ फाले । उनको त्यो पदक एक बालकको हातमा परेको थियो । ती बाल समर्थक भने सेभियाको जितको खुसी मनाउँदै दिए ।

‘त्यो रजत पदक लिएर मैले के गर्नु ?,’ उनले सञ्चारकर्मीसँग भने, ‘मलाई रजत पदक चाहिँदैन । म आफ्नो कोठामा रजत पदक राख्न चाहन्न । त्यसैले मैले त्यो पदक दर्शकलाई दिएँ ।’ उनले आफू अझै रोमामै रहन चाहे पनि सङ्घर्ष गरेर थकित भइसकेको प्रतिक्रिया पनि दिए ।

‘म अझै रोमामै रहन चाहन्छु । म र मेरा खेलाडी योभन्दा ठूलो सफलताका हकदार हौं । तर, म अब धेरै सङ्घर्ष गर्न सक्दिन । म प्रशिक्षकको भूमिका निर्वाह गरेर थाकिसकेको छु,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप