जुलाई लास्ट वा अगस्ट फस्टमा प्रचण्डको भ्रमण हुने चीनमा पुग्यो सन्देश
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’को चीन भ्रमणको सन्देश पुर्याएको बताएका छन् । झण्डै दुईसाता चीन भ्रमण सकेर फर्किएका सापकोटाले प्रधानमन्त्रीको तर्फबाट जुलाई लास्ट वा अगस्ट फस्टमा भ्रमण हुनसक्ने सन्देश (प्रस्ताव) राखेको बताए ।
‘मैले प्रधानमन्त्रीज्यूलाई भारत भ्रमणमा जानुअघि भेटेको थिए । कुन कुन एजेण्डामा छलफल गर्ने भनेर राखेको थिए । उहाँले जुलाईको लास्ट वा अगस्टमा चीनको भ्रमण हुनेछ भन्नुहोला । वीआरआई अन्तर्गत प्रोजेक्टको सस्तो ब्याजमा ऋण भनिएको छ । केही योजना अनुदानमा भए आर्थिक विकासमा गर्न सजिलो हुन्छ भन्ने थियो’ सापकोटाले भने, ‘मैले विशेष जोड दिएर प्रधानमन्त्रीज्यूको सन्देश राखे । उहाँहरुले शब्दमै हुन्छ भनेर भन्नुभएन । मैले एकल रुपमा भेट्दा राष्ट्रपतिलाई भन्छौं भन्नुभएको छ ।’
चीन र नेपालबीच जोडिएका नाका सहज रुपमा सुचारु गर्ने विषयमा पनि छलफल भएको सापकोटाले बताए । चीनमा युवाहरुलाई असाध्यै विश्वास गरेको पाइएको पनि सापकोटाले बताए । ‘सी जिन पिङले सधैं भन्ने गर्नुहुन्छ । अग्रजहरुलाई उछिन्ने गरी अगाडि आउनुस् भनेर अपिल गर्नुभएको छ । त्यो भएको पनि पाइयो’ उनले भने, ‘हाम्रो भ्रमणको व्यवस्था गर्ने युवायुवतीहरु थिए । त्यो हामीले व्यवहारमा समेत देख्यौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण