जुलाई लास्ट वा अगस्ट फस्टमा प्रचण्डको भ्रमण हुने चीनमा पुग्यो सन्देश

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’को चीन भ्रमणको सन्देश पुर्याएको बताएका छन् । झण्डै दुईसाता चीन भ्रमण सकेर फर्किएका सापकोटाले प्रधानमन्त्रीको तर्फबाट जुलाई लास्ट वा अगस्ट फस्टमा भ्रमण हुनसक्ने सन्देश (प्रस्ताव) राखेको बताए ।
‘मैले प्रधानमन्त्रीज्यूलाई भारत भ्रमणमा जानुअघि भेटेको थिए । कुन कुन एजेण्डामा छलफल गर्ने भनेर राखेको थिए । उहाँले जुलाईको लास्ट वा अगस्टमा चीनको भ्रमण हुनेछ भन्नुहोला । वीआरआई अन्तर्गत प्रोजेक्टको सस्तो ब्याजमा ऋण भनिएको छ । केही योजना अनुदानमा भए आर्थिक विकासमा गर्न सजिलो हुन्छ भन्ने थियो’ सापकोटाले भने, ‘मैले विशेष जोड दिएर प्रधानमन्त्रीज्यूको सन्देश राखे । उहाँहरुले शब्दमै हुन्छ भनेर भन्नुभएन । मैले एकल रुपमा भेट्दा राष्ट्रपतिलाई भन्छौं भन्नुभएको छ ।’
चीन र नेपालबीच जोडिएका नाका सहज रुपमा सुचारु गर्ने विषयमा पनि छलफल भएको सापकोटाले बताए । चीनमा युवाहरुलाई असाध्यै विश्वास गरेको पाइएको पनि सापकोटाले बताए । ‘सी जिन पिङले सधैं भन्ने गर्नुहुन्छ । अग्रजहरुलाई उछिन्ने गरी अगाडि आउनुस् भनेर अपिल गर्नुभएको छ । त्यो भएको पनि पाइयो’ उनले भने, ‘हाम्रो भ्रमणको व्यवस्था गर्ने युवायुवतीहरु थिए । त्यो हामीले व्यवहारमा समेत देख्यौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घलेको महत्त्वकांक्षा र आरजुको बौद्धिक दरिद्रता
-
नीति तथा कार्यक्रममा ‘क’ देखि ‘ट’ सम्म हटाउन सांसद शर्माको संशोधन प्रस्ताव
-
सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटवार्ता
-
सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रभु साहद्वारा ध्यानाकर्षण
-
दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देख्छु : प्रचण्ड
-
झापामा ठुलो परिमाणमा ब्राउन सुगर बरामद