वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्याली

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले सइकल र्यालीको आयोजना गरेको छ । सो बैंकले डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालको सहकार्यमा ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ भन्ने नाराका साथ शनिबार साइकल र्यालीको आयोजना गरेको हो ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणबाट सुरु भएको र्याली गैरीधारा, नारायणचौर,नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, कृष्ण पाउरोटी, सिटी सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेरे सम्पन्न भएको थियो ।
उक्त साइकल र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी, प्रायोजक एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकहरु गरीे लगभग ४०० भन्दा बढीको उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साईकल र्यालीको शुरुवात गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
-
चर्चित उपन्यासकार रुश्दीमाथि सांघातिक हमला गर्नेलाई २५ वर्षको जेल सजाय
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा