बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भारतीय संसद्‍मा राखिएको नक्साको विरोधमा शनिबार पनि प्रदर्शन, तस्बिरहरू
फोटोफिचर

भारतीय संसद्‍मा राखिएको नक्साको विरोधमा शनिबार पनि प्रदर्शन, तस्बिरहरू

शनिबार, २० जेठ २०८०

काठमाडौँ । भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सा आफ्नो नवनिर्मित संसद् भवनमा राखेपछि नेपालमा दैनिकजसो विरोध प्रदर्शन भइरहेका छन् । शनिबार नेकपा निकट जनवर्गीय संगठनले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो | उनीहरूले भारतलाई तत्कालै सो भित्ते चित्र हटाउन माग गरेका छन् ।

उता भारतीय पक्षले भने सो नक्सा राजनीतिक नक्सा नभएको बताउँदै आएको छ ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले संसद्‍मा राखिएको नक्साले शोकको साम्राज्य विस्तार भएको देखाएको जिकिर गरेका छन् । उनले भने, ‘यी भित्तेचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ। भित्ते चित्र र त्यसको अगाडिको फलकले त्यही कुरा बताउँछ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया