छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौँ । देशभर भएका छुट्टा छुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।काठमाडौं महानगरपालिका-३२ महादेवस्थानस्थित सडकमा ज.५ प २९३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सिरहा अर्नामा गाउँपालिका-३ घर भएका २३ वर्षीय जितेन्द्र कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित सडकमा राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा.२१ च ५३०१ नम्बरको हात्ती गाडीबाट खसेर गाडीमा सवार हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको डा. ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता झापाको बुद्धशान्ति गाउँपालिका-३ सयपत्री चोकमा प्रदेश १-०१-०१४ प १७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय बल बहादुर बस्नेतको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका-६ चिलिमडाँडास्थित सडकमा चिलिमडाँडाबाट राबतवाडातर्फ जाँदै गरेको लु.४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार तिला गाउँपालिका-५ तिलाकोट बस्ने १६ वर्षीय विकाश सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-६ जब्दीस्थित सडकमा को.४ प ३५२७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सिरहा धनगढीमाई नगरपालिका-९ मुसहरमिया टोल घर भई हाल सुनसरी भोक्राहनर्सिङ गाउँपालिका-६ चिरौली बस्ने २७ वर्षीय रमेश कुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय नगर अस्पताल चक्रघट्टीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता धादिङको धुनिवेशी नगरपालिका-९ बाहुनडाँडास्थित सडकमा युपि १६ जिटि ५४७४ नम्बरको कार आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार बाँके कोहलपुर बस्ने ३६ वर्षीय रबिलाल बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन