वैदेशिक रोजगार विभाग ताहाचलमा सर्यो, आजदेखि आंशिक सेवा प्रदान
काठमाडौँ । बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभाग आजदेखि ताहाचलमा सरेको छ । बुद्धनगरस्थित नेपाल हिमालयन सीमापार सङ्घको भवनमा भाडामा बस्दै आएको विभागको कार्यालय आजदेखि ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा सरेको हो ।
विभागका महानिर्देशक मदन दाहालले आजदेखि आंशिक रूपमा सरेको जानकारी दिए । असार १ गतेदेखि पूर्ण रूपमा सर्ने उनको भनाइ छ ।कार्यालय पूर्ण रूपमा नसर्दासम्म दुवै ठाउँबाट सेवा प्रदान गर्दै आएको उनले बताए।
‘शुक्रबारदेखि नै सामान सार्न थालेका थियौँ । सबै सरिसक्न केही समय लाग्छ । त्यसैले आजदेखि ताचाहल र बुद्धनगरबाट समेत सेवा प्रदान गरिरहेका छौं ।’ महानिर्देशक दाहालले भने ।
सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको सेवा प्रवाहमा समस्या भएको भन्दै विभाग सरेको हो । विभागमा दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको विभागले जनाएको छ । हालको कार्यालयमा पार्किङको समेत समस्या देखिएको छ ।
विभाग वैदेशिक रोजगार कार्यालयमा सरेसँगै रोजगार कार्यालय अर्को ठाउँमा सर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण